सिटीवानको तीजगीत मेला भदौकाे तेस्रो साता
राउण्ड टेबलमा ‘तीज संस्कृति र आजको आवश्यकता’
पाेखरा | भदौ ४, २०८१
पोखरा: गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता गर्ने भएको छ ।
सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्देश्यले “तीजको बेला सिटीवानको सांस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” आयोजना गर्ने भएको हो ।
टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका संस्कृतिहरु लोप हुन लागेको भन्दै मेलाको आयोजना गरिएको जानकारी दिइन् ।
उनका अनुसार तेस्रो संस्करणको मेला यही भाद्र १५ र १६ गते बिहान ९ः०० बजेदेखि गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ ।
करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको श्रेष्ठले बताइन् ।
सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्वद्धन, सरसफाई, वैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागूपदार्थ दुव्र्यसनी जस्ता सामाजिक विषयलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धिले गीत गाउनुपर्ने बताइएको छ ।
सो प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धित्तीय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभूषा ५ हजार, उत्कृष्ट शब्द ५ हजार रहेको छ ।
प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क नलाग्ने बताइएको छ ।
राउण्ड टेबलमा ‘तीज संस्कृति र आजको आवश्यकता’
मेलाको अवसरमा ‘तीज संस्कृति र आजको आवश्यकता’ शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेबल कार्यक्रम संचालन गर्ने मेलाका संयोजक चिनु गुरुङ्गले जानकारी दिइन् ।
उनका अनुसार मेलामा सहभागी सबैलाई दर संस्कृितको बारेमा जानकारी दिने कार्यक्रमसमेत रहेको छ ।
कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख खर्च हुने अनुमान गरिएको टेलिभिजनले जनाएको छ ।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो । यससँगै उपभोक्ताले एक तोला...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

